सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एकाएक परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

आइतबार, २० फागुन २०८०, १९ : ३८
आइतबार, २० फागुन २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ । 

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित  कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

कांग्रेसले आजै आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरिरहेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप