राजनीति
एकाएक परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द
आइतबार, २० फागुन २०८०, १९ : ३८
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ ।
‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको छ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कांग्रेसले आजै आफ्नोतर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण