शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हमास प्रतिनिधिमण्डल गाजा युद्ध विरामबारे वार्ता गर्न कायरोमा

आइतबार, २० फागुन २०८०, २१ : ०३
आइतबार, २० फागुन २०८०

कायरो । गाजा–सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास)को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न आइतबार  कायरो आइपुगेको छ ।

आधिकारिक सुरक्षा स्रोतले जनाए अनुसार हमासका उपप्रमुख खलिल अल–हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता शुरु हुने रमजानको अवसर पारेर युद्ध विरामका लागि वार्ता गर्न त्यहाँ पुगेको स्रोतले नाम न छाप्ने सर्तमा सिन्ह्वालाई बताएको छ ।

अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने  र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउने लगायतका विषय समावेश हुनेछन् । 

यसैगरी  इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गरी  करिब १ हजार २०० जनाको हत्या गरी २०० जनाभन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन्। -(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप