सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
संसदीय समिति

कानुन समितिको बैठक स्थगित

सोमबार, २१ फागुन २०८०, ०९ : ०८
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बैठक बस्दै नबसी स्थगित गरिएको रातोपाटीलाई जानकारी दिए ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको थियो । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको छलफलमा दुवै नेता टीआरसी टुङ्ग्याउन सहमत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप