पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छः सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्ने बताएका छन् ।
सोमवार शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरूपण गर्ने काम नहुनु दुःखद् भएको बताए ।
उनले अहिलेसम्म यो न्याय निरूपण गर्ने काम रहेको आज कानुन समितिबाट पास हुनेमा विश्वस्त रहेको बताए ।
सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरू आज सरकारमा हुँदा पनि कानुन निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताए । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरूपण तथा मेलमिलाप वातावरण बनाउन कानुन बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरू सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भए पनि हालसम्म कानुन नबन्नु दुःखको कुरा भएको बताए ।
कानुन निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण