सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छः सभामुख घिमिरे

सोमबार, २१ फागुन २०८०, १० : १४
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्ने बताएका छन् । 

सोमवार शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरूपण गर्ने काम नहुनु दुःखद् भएको बताए । 

उनले अहिलेसम्म यो न्याय निरूपण गर्ने काम रहेको आज कानुन समितिबाट पास हुनेमा विश्वस्त रहेको बताए । 

सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरू आज सरकारमा हुँदा पनि कानुन निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताए । उनले शान्ति प्रक्रिया टुङ्ग्याउन २०६३ सालमै शान्तिको घोषणा गर्दा द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्ने, अब द्वन्द्वले पारेका असर अन्त्य गर्न सत्य निरूपण तथा मेलमिलाप वातावरण बनाउन कानुन बनाउने र त्यो बाटोबाट हिजोका अशान्तिका घटनाहरू सदाको लागि अन्त्य गरेर अघि बढ्ने घोषणा भए पनि हालसम्म कानुन नबन्नु दुःखको कुरा भएको बताए । 

 

कानुन निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप