शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मौलापुर महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आग्रह

सोमबार, २१ फागुन २०८०, ११ : ३९
सोमबार, २१ फागुन २०८०

रौतहट । पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मौलापुरस्थित उत्खननबाट निस्किएको पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आग्रह गरेका छन्।

सोमवार हाल जारी रहेको उत्खननको स्थलगत अनुगमन निरीक्षण पश्चात् अध्यक्ष साहले उक्त आग्रह गरेका हुन्। उनले मौलापुरमा जारी पुरातात्त्विक उत्खनन बाट दुनियाँलाई चकित पार्ने तथ्यहरू बाहिर आइरहेको बताएका छन्। पुरातत्वविद‍्को अनुसार यो नेपाल मै अहिले सम्म भेटिएको सबभन्दा पुरानो अवशेष हो । 

यस अघि मौलापुर नगरपालिका पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको जिकिर सुरु भएको थियो। उत्खनन पछि नेपाल सँगै बेलायतका पुरातत्वबिद‍्हरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको जिकिर सुरु भएको हो।

भारत बिहार सरकारका अवकाश प्राप्त एक जना पुरातत्वविद् विद्या चौधरीलेले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्ष अघिको गुप्तकालको भएको जिकिर गरेका थिए।

चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरूको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए।  

नेपाल सरकार र तत्कालीन विद्रोही माओवादी बिच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एक जना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटिएको थियो।

सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविद्सँग समन्वय गरी अध्ययन सुरु गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गीय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो  हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । 

२०७६ सालमा   पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वबिदहरुले अध्ययन गरेका थिए। मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमिन मुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मिटर उत्तर सम्म जमिन मुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुई जना अवकाश प्राप्त पुरातत्वविद् राखेको छ। २०६७ सालादेखिनै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकाश प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप