नयाँ गठबन्धन र सरकारबारे निर्णय गर्न जनमतको बैठक बस्दै
काठमाडौँ । नयाँ सत्ता समीकरण र सरकारको बारेमा निर्णय गर्न डा. सीके राउत नेतृत्वको जनमत पार्टीको पदाधिकारी बैठक बस्दैछ । नयाँ समीकरणमा जनमत पार्टी सहभागी हुने विषय हालसम्म टुङ्गो नलागेको सो पार्टीका उपाध्यक्ष अब्दुल खानले बताएका हुन् ।
उनले भने, ‘नयाँ गठबन्धनको साथमा जाने कि नजाने, नयाँ सरकारमा जाने कि नजाने बारेमा पार्टीमा छलफल गर्न बाँकी छ । उपलब्ध पदाधिकारीको बैठक बस्न लागेको छ त्यसबाट सबै छलफल हुन्छ ।’
जनमत पार्टीका अध्यक्ष डा. राउतले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा छलफल गरेका थिए । गठबन्धनको तर्फबाट जनमतबाट हालसम्म कुनै छलफल नभएको बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी बालुवाटारबाट निस्किँदै भनेका थिए, ‘आज बन्ने नयाँ मन्त्रीमण्डलमा उन्मुक्ति पार्टी सहभागी हुनेछैन, पार्टीमा छलफल गरेर मात्र निर्णय लिन्छौँ ।’ यता जसपाले पनि नयाँ समीकरणबारे कुनै निर्णय गरेको छैन । पार्टीको बैठक अझै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण