नयाँ सत्ता समीकरणबारे निर्णय लिन जसपा, लोसपा र जनमत पार्टीको बैठक बस्दै
काठमाडौँ । बदलिँदो राजनीतिक परस्थितिको बारेमा छलफल गर्न पार्टीहरु आन्तरिक छलफलमा व्यस्त देखिएका छन् । पार्टीका नेताहरुको दौडधुप बालुवाटारदेखि बुढानिलकण्ठ, बालकोटसम्म बाक्लै छ । त्यसक्रममा मधेश केन्द्रीत दलहरु पनि आन्तरिक छलफलमा जुटेका छन् । जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीका नेताहरु बिहानैदेखि आफ्नो पार्टीमा अनौपचारिक छलफलमा व्यस्त छन् ।
बदलिँदो परस्थितिको बारेमा नेताहरुले छलफल टुग्यांएपछि ती पार्टीहरुले आ–आफ्नो दलमा औपचारिक बैठक बोलाएका छन् । जसपाको अनौपचारिक छलफल सकिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समीकरणका बारेमा नेताहरुलाई ब्रिफङ गरेका छन् ।
आफ्नो बटमलाइनका बारेमा थप छलफल गर्न उनी अहिले बालुवाटार पुगेका छन् । जसपा सरकारमा जाने लगभग निश्चित छ । सरकारको नीति तथा कार्यक्रम, अगामी योजना, जसपाको माग लगायतको विषयमा अध्यक्ष यादवले बालुवाटारमा छलफल गरेर फर्केपछि आजै ४ बजे कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बैठकमा बालुवाटारको कुरा ब्रिफङ गरेर थप निर्णयहरु लिने बताइएको छ ।
जसपा कार्यालयका सचिव सीपी सिंहका अनुसार नेताहरुका बिचमा अनौपचारिक छलफल सकिएको र औपचारिक बैठक दिउँसो ४ बजे बस्नेछ । ‘अध्यक्ष यादव बालुवाटार छलफलका लागि जानुभएको छ, उहाँ फर्केपछि कार्यकारिणी समितिको बैठक बस्ने छ’ उनले भने
त्यस्तै, हालसम्म सत्ता पक्षमा रहने कि विपक्षमा रहने भन्ने अन्यौलतामा रहेको लोसपाले १ बजे पदाधिकारीको बैठक बोलाएको छ । पार्टी कार्यालय बबरमहलमा बैठक बोलाइएको सो पार्टीका सचिव मनिष मिश्रले बताए । बदलिँदो राजनीतिक परस्थितिका बारेमा केही ठोस निर्णय गर्नका लागि बैठक बोलाएको उनले बताए । ‘सत्ता पक्षमा जाने कि विपक्षमा बस्ने सबै कुराको निर्णय बैठकबाट हुन्छ’ उनले भने ।
त्यस्तै, जनमत पार्टीको बैठक पनि आजै १ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा बस्ने सो पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि अनामनगरस्थित पार्टी कार्यालयमा संसदीय दलसहित पदाधिकारीको बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण