४ हजार कैदी भागेपछि हाइटीमा आपत्काल घोषणा
पोर्ट–अउ–प्रिन्स । हाइटीमा आपत्काल घोषणा गरिएको छ । राजधानीमा रहेको देशकै प्रमुख जेलमा कम्तिमा १२ जनाको हत्या भएको र ४ हजारभन्दा धेरै बन्दीहरू भागेको घटनापछि आइतबार ७२ घण्टाको लागि आपत्काल लगाइएको हो । सप्ताहन्तमा एउटा सशस्त्र समूहले राजानी पोर्ट–अउ–प्रिन्समा रहेको मुख्य जेलमा हमला गरेका थिए ।
यो घटनापछि हाल विदेश भ्रमणमा रहेका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागिएको छ । प्रधानमन्त्रीको राजीनामा माग्ने सशस्त्र समूहले जेललाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । सप्ताहन्तमा राजधानी र नजिकै रहेको दुई जेलमा आक्रमण भएको सरकारी विज्ञप्तिमा भनिएको छ । सोको प्रतिक्रियामा सरकारले कर्फ्यु लगाएको थियो ।
पोर्ट–अउ–प्रिन्समा थुनामा रहेकाहरुमा सन् २०२१ मा राष्ट्रपति जोभेनल मोइजको हत्यामा संलग्न सशस्त्र समूहका सदस्यहरु पनि थिए । केन्याको नेतृत्वमा बहुराष्ट्रिय सुरक्षा बल हाइटीमा ल्याउनेबारे छलफल गर्न प्रधानमन्त्री नैरोबीको भ्रमणमा गएपछि बिहीबार जेलमा हिंस्रक आक्रमण सुरु भएको थियो । यो आक्रमण प्रधानमन्त्रीलाई पदच्युत गर्न गरिएको सशस्त्र समूहका नेता जिम्मी चेरिजरले भनेका छन् ।
आइतबार पनि जेलका ढोकाहरु खुलै थिए । हाइटीमा हिंस्रक ग्याङ्ग वारमा हजारौँले ज्यान गुमाइसकेका छन् । सन् २०२१ को जनवरीमा तत्कालीन राष्ट्रपतिको घरमै हत्याभएयता देशभरमा हिंसाका घटनाहरू बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण