गुगलले माग्यो नरेन्द्र मोदीसँग माफी
नयाँ दिल्ली । अमेरिकी सर्च इञ्जिन कम्पनी गुगलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी मागेको छ । कम्पनीको एआई टूल जेमिनीले मोदीबारे दिएको केही टिप्पणीले ठुलै विवाद निम्त्याएपछि कम्पनीले माफी मागेको हो ।
कम्पनीले आफ्नो एआई टूललाई विश्वास गर्न नसकिने पनि भनेको छ । मोदीबारे राखिएको एउटा जिज्ञासामा टूलले निराधार नतिजाहरु देखाएपछि भारत सरकारले कम्पनीलाई नोटिस नै पठाएको थियो । यसको उत्तरमा कम्पनीले उक्त टूल विश्वास गर्न लायक नभएको बताएको आईटी तथा इलेक्ट्रोनिक्स मनत्री राजीव चन्द्रशेखरले भनेका छन् ।
भारतमा जेमिनी अब अनुमति लिएर मात्रै चलाउन पाइनेछ । भारतलाई एआई प्लेटफर्महरूको परीक्षण स्थलका रुपमा प्रयोग गर्न नहुने सरकारको भनाई छ । हालैका दिनमा गुगलको एआई टूल जेमिनीले विश्वभरि नै व्यापक आलोचना खेपिरहेको छ । यो टूलको असफलताले सीईओ सुन्दर पिचाईको राजीनामा नै दिनु पर्ने स्थिति आउने आशंका पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण