बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलले माग्यो नरेन्द्र मोदीसँग माफी

सोमबार, २१ फागुन २०८०, १६ : २०
सोमबार, २१ फागुन २०८०

नयाँ दिल्ली । अमेरिकी सर्च इञ्जिन कम्पनी गुगलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी मागेको छ । कम्पनीको एआई टूल जेमिनीले मोदीबारे दिएको केही टिप्पणीले ठुलै विवाद निम्त्याएपछि कम्पनीले माफी मागेको हो ।

कम्पनीले आफ्नो एआई टूललाई विश्वास गर्न नसकिने पनि भनेको छ । मोदीबारे राखिएको एउटा जिज्ञासामा टूलले निराधार नतिजाहरु देखाएपछि भारत सरकारले कम्पनीलाई नोटिस नै पठाएको थियो । यसको उत्तरमा कम्पनीले उक्त टूल विश्वास गर्न लायक नभएको बताएको आईटी तथा इलेक्ट्रोनिक्स मनत्री राजीव चन्द्रशेखरले भनेका छन् ।

भारतमा जेमिनी अब अनुमति लिएर मात्रै चलाउन पाइनेछ । भारतलाई एआई प्लेटफर्महरूको परीक्षण स्थलका रुपमा प्रयोग गर्न नहुने सरकारको भनाई छ । हालैका दिनमा गुगलको एआई टूल जेमिनीले विश्वभरि नै व्यापक आलोचना खेपिरहेको छ । यो टूलको असफलताले सीईओ सुन्दर पिचाईको राजीनामा नै दिनु पर्ने स्थिति आउने आशंका पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप