औषधि उत्पादन : लागतको आधा मात्रै खपत
काठमाडौँ । नेपालमा औषधिको उत्पादन लागतको ५० प्रतिशत मात्रै खपत हुने गरेको पाइएको छ । सोमबार राजधानीमा आयोजित ‘औषधि गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष महेश प्रधानले लागतको ५० प्रतिशत मात्रै औषधि खपत भएको बताए ।
उनका अनुसार देशभर औषधि उत्पादनमा करिब ६५ अर्ब लगानी रहे पनि ३० अर्ब रुपैयाँ बराबरको खपत छ । यसले गर्दा औषधि उत्पादक उद्योगीहरू निरुत्साहित भएका छन्’ उनले भने । औषधि आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले आयात गर्नुपर्ने औषधि नगदमा खरिद गर्नुपर्ने तर उधारोमा बेच्नुपर्ने स्थित रहेको गुनासो गरे । उनले औषधि उद्योग बन्द हुने अवस्थामा पुगेकाले यसले नेपालको अर्थतन्त्रमा असर पर्ने उल्लेख गरे ।
नेपाल फर्मास्युटीकल्स एसोसिएसनका महासचिव सञ्जीव कट्टेलले मानव स्वास्थ्यलाई असर पार्ने औषधिको नियमन गर्नुपर्ने सुझाए । उनले प्रदेश स्तरमा औषधिको गुणस्तर मापन गर्ने प्रयोगशाला अति आवश्यक रहेको समेत बताए ।
औषधिको गुणस्तर मापन गर्दा रिपोर्ट आउन समेत महिना दिन लाग्ने सुनाउँदै हाल भएका प्रयोगशालाको स्तर वृद्धि गर्नु पर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण