कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास
सोमबार, २१ फागुन २०८०, १८ : १२
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् । मन्त्री पदबाट जिम्मेवारी भएपछि उनले ललितपुरस्थित हरिहर भवनमा रहेको मन्त्रीहरूको सरकारी निवास छाडेका हुन् ।
सोमबार दिउसो ४ बजे सरकारी निवास छाडेर पुरनै डेरामा फर्किएको उनले जानकारी दिए । उनले भनेका छन्,'आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु । मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु ।'
नयाँ सत्ता समीकरण भएसँगै यसअघिका मन्त्रीहरू बिदा भएका छन् भने नवनियुक्त तीन मन्त्रीको शपथ पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण