बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘इनफ इज इनफ’ भन्दै बाबुरामले भने, ‘सत्तालिप्सा र नाङ्गो अवसरवाद’

सोमबार, २१ फागुन २०८०, १८ : ३३
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्ता लिप्साका निम्ति पटकपटक मञ्चन हुने फोहोरी खेलले  संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्नुका साथै प्रतिगमनको आधार तयार पार्ने खतरा बढेको बताएका छन् । उनले  नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भयो भन्दै व्यङ्ग्यसमेत गरेका हुन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपाली ‘किस्सा कुर्सीका’ ले केही दशक पहिले चर्चित हिन्दी फिल्मलाई पनि जित्ने भो! केही चतुरहरूको निकृष्ट सत्तालिप्सा निम्ति पटकपटक मञ्चन हुने यस्ता फोहरी खेलले भर्खर जरा गाड्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई झन् कमजोर पार्ने,जनता र नयाँ युवा पुस्तामा वितृष्णा बढाउने र प्रतिगमनको आधार तयार पार्ने खतरा झन् बढ्ने भयो।’

नाङ्गो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको समेत आलोचना गरेका छन् । ‘केही निरीह सांसदको पोको बोकेर एउटासँग गठबन्धन गर्दा ‘संविधान र लोकतन्त्रको रक्षानिम्ति’ भन्ने अनि केही महिनाभित्र अर्कोसँग घाँटी जोड्दा ‘ वामपन्थी/कम्युनिस्ट एकतानिम्ति’भन्ने ! यस्तो नाङ्गो अवसरवादलाई जनयुद्धको गौरवशाली विरासतसँग जोडेर उल्टै ‘ठुलो उथलपुथल’ भन्ने! बिचरा सोझा कार्यकर्ता किंकर्तव्यविमूढ बनेर मन लागिनलागी ताली ठोक्ने! यो प्रसिद्ध उपन्यास ‘एनिमल फार्म’ को नयाँ संस्करण नभए के हो? अलिकति पनि अग्रगामी चेत र राजनीतिक मूल्यमान्यता बाँकी रहेकाहरूले भन्नैपर्छ - अब अति भो! Enough is Enough!,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप