आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

फुटपाथ व्यवसायीसँगको सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी दिन महानगरलाई पत्र

सोमबार, २१ फागुन २०८०, २० : ०६
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगर प्रहरीबाट व्यवसायीमाथि भएको भनिएको कुटपिटको अनुगमन गरेको छ । काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीहरूमाथि २०८० फागुन १६ गते बेलुका कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप हुँदा दुवैतर्फका ११ जना व्यक्तिहरू घाइते भएको भनिएको घटनालाई आयोगले गम्भीर रूपमा लिई अनुगमन गरिरहेको बताएको हो । 

आयोगले घटनाको सत्यतथ्य विवरण एवम् फुटपाथ व्यवसायीहरूसँग यस अघि गरिएको सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायीहरू र सरोकारवालासँग जानकारी लिएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रहरीहरूले फुटपाथ व्यवसायीहरूलाई रातको ८ बजेको समयमा कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको, कुटपिटबाट घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीहरूको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको लगायतका सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप