फुटपाथ व्यवसायीसँगको सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी दिन महानगरलाई पत्र
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगर प्रहरीबाट व्यवसायीमाथि भएको भनिएको कुटपिटको अनुगमन गरेको छ । काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीहरूमाथि २०८० फागुन १६ गते बेलुका कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप हुँदा दुवैतर्फका ११ जना व्यक्तिहरू घाइते भएको भनिएको घटनालाई आयोगले गम्भीर रूपमा लिई अनुगमन गरिरहेको बताएको हो ।
आयोगले घटनाको सत्यतथ्य विवरण एवम् फुटपाथ व्यवसायीहरूसँग यस अघि गरिएको सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायीहरू र सरोकारवालासँग जानकारी लिएको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रहरीहरूले फुटपाथ व्यवसायीहरूलाई रातको ८ बजेको समयमा कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको, कुटपिटबाट घाइते भएकाहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीहरूको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएको लगायतका सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण