आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने चार दलको सहमति
सोमबार, २१ फागुन २०८०, २१ : ००
काठमाडौँ । सत्तारुढ चार दलबिच ८ बुँदे सहमति भएको छ । सरकार सञ्चालन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वयन लगायतका विषयमा चार दलबिच ८ बुँदे सहमति भएको हो ।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । सहमतिमा राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्षमा एमाले उम्मेदवारलाई दिने उल्लेख छ ।
त्यस्तै सरकारमा सहभागी दलहरूबिच सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, शान्ति प्रक्रिया टुंगोमा पुर्याउने संघीयता कार्यान्वयनमा सम्बन्धित कानुन बनाउने, साझा न्यूनतम कार्यक्रम बनाउने र सरकार गठन गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण