कायरो वार्ताको दोस्रो दिन, गाजा युद्धविरामका लागि प्रयास जारी
ऐरो । सत्तारुढ हमासले गाजामा युद्धविराम गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाका मध्यस्थकर्ताहरूसँग सोमबार पनि वार्ता जारी राखेको छ ।
इजिप्टका सुरक्षा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार कायरोमा युद्धविराम वार्ताको पहिलो दिन आइतबार ‘उल्लेखनीय प्रगति’ भएको थियो । नाम न छाप्ने शर्तमा सुरक्षा स्रोतले वार्तामा छलफल भइरहेको र प्रस्तावित युद्धविरामको पहिलो चरणमा ४० दिनसम्म लडाइँ रोक्ने र ४०० जना प्यालेस्टाइनी बन्दी बराबर बृद्ध र सर्वसाधारणसहित ४० जना इजरायली बन्धकहरूको आदानप्रदानको व्यवस्था मिलाउने लगायतका विषय समेटिएको बताएका छन् । प्रस्तावित उक्त सम्झौताले युद्ध प्रभावित क्षेत्रमा दैनिक ६० हजार वटा सार्न मिल्ने घर, १ लाख २० हजार टेन्ट बोकेको ५०० वटा ट्रकको प्रवेश सुनिश्चित गर्ने लगायतका विषय समेटेको बताइएको छ ।
इजिप्टको राज्य–समन्वित प्रसारक अल–काहेरा न्युजले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै पहिलो चरणको वार्ता सोमबार टुङ्गिने बताएको छ । इजिप्टले यसअघि युद्धविराममा ‘निष्पक्ष सम्झौता’मा पुग्न कतारी र अमेरिकी पक्षहरूसँग काम गरिरहेको छ।
यता इजरायलले अहिलेसम्म कायरोमा प्रतिनिधिमण्डल पठाएको छैन । इजरायली सञ्चार माध्यमका अनुसार हमासले जीवित बन्धकहरूको सङ्ख्या यकिन नगरेसम्म र प्रत्येक बन्धकको लागि कति जना प्यालेस्टिनी कैदीहरू हस्तान्तरण गर्नुपर्ने हो सो व्यहोरा नखुलाएसम्म इजरायलले कायरोमा प्रतिनिधिमण्डल नपठाउने बताएको छ ।
यसैबिच गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार गाजा युद्ध शुरु भए यता इजरायलको जवाफी कारबाहीमा ३० हजार ५३४ प्यालेस्टिनी मारिएका छन् र ७१ हजार ९२० जना घाइते भएका छन्। - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण