माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो साबित : शेखर कोइराला
काठमाडौँ । नयाँ सत्ता गठबन्धन भएसँगै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रलगायत पार्टीसँगको विगतमा भएको गठबन्धन कांग्रेसलाई महँगो साबित भएको बताएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना भने सामान्य नभएको दाबी गरेका छन् ।
‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,’ उनले ट्विटरमा भनेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’
सत्ता गठबन्धन तोडिनुमा कांग्रेस नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशङ्का गरेका छन् । ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उनले भनेका छन् ।
डा. कोइराला माओवादी केन्द्रसँगको गठबन्धनको विगतदेखि नै विरोधीका रूपमा चिनिँदै आएका छन् । उनी कोशी प्रदेशमा सत्ता गठबन्धन विरुद्ध उम्मेदवार खडा गरी आफू निकटलाई मुख्यमन्त्री बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण