‘मुन्द्रेको कमेडी क्लब’ बन्द
मङ्गलबार, २२ फागुन २०८०, १० : ४५
काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालले तेस्रो सिजनको शोको प्रसारण बन्द भएको जानकारी रातोपाटीलाई दिए ।
शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको जितुले बताए । ‘समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको हो’ जितुले थपे ।
शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ । शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।
‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको यो शो यसअघि पनि पटक पटक बन्दै हुँदै पुन: सञ्चालन हुँदै आएको थियो । अहिले भने स्थायी रूपमा बन्द भएको जितुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण