‘मुन्द्रेको कमेडी क्लब’ बन्द
मङ्गलबार, २२ फागुन २०८०, १० : ४५

काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालले तेस्रो सिजनको शोको प्रसारण बन्द भएको जानकारी रातोपाटीलाई दिए ।
शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको जितुले बताए । ‘समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको हो’ जितुले थपे ।
शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ । शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।
‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको यो शो यसअघि पनि पटक पटक बन्दै हुँदै पुन: सञ्चालन हुँदै आएको थियो । अहिले भने स्थायी रूपमा बन्द भएको जितुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?