बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रेफ्रीको जिम्मेवारी दिइएन पल टियर्नीलाई, उनकै गल्तीले लिभरपुलले खेल जितेको आरोप

मङ्गलबार, २२ फागुन २०८०, १० : ५३
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । लिभरपुल र नटिङ्घम फरेष्टबिचको खेलका क्रममा गम्भिर गल्ति गरेका रेफ्री पल टियर्नीलाई इङ्लिस प्रिमियर लिगको अर्को चरणको खेल रेफ्रीको भूमिका निर्वाह गर्नबाट रोक लगाइएको छ ।

रेफ्री पल टियर्नीकै गम्भिर त्रुटीका कारण उक्त खेलमा लिभरपुल विजयी भएको आरोप उनीमाथि लगाइएको छ । रेफ्रीको भूमिका निर्वाह गर्नबाट रोक लगाइए पनि पल टियर्नीलाई शनिवार हुने आर्सनल र बेनफोर्डबिचको खेलका लागि भिडियो असिस्टेन्ट रेफ्रीको जिम्मेवारी दिइएको छ ।

गत शनिवार खेलिएको लिभरपुल र नटिङ्घम फरेष्टबिचको खेल निकै प्रतिस्पर्धात्मक थियो । दोस्रो हाफको इन्जुरी समय अघिसम्म दुबै टोलीबाट गोल भएको थिएन । इन्जुरी समयमा लिभरपुलका डिफेन्डर इब्राहिमा कोन्टेको टाउकोमा चोट लागेको थियो ।

सोही कारणले रेफ्री पल टियर्नीले खेल रोकेका थिए । खेल रोक्नुअघि बल नटिङ्घम फरेष्टका खेलाडीको नियन्त्रणमा थियो । क्ष्तसपछि पुनः खेल सुरु हुँदा भने रेफ्री पल टियर्नीले बल लिभरपुलका गोलरक्षक काओमिन केलहरलाई दिएका थिए ।

त्यसपछि लिभरपुलका गोलरक्षकले त्यो बल आफ्ना खेलाडीलाई उपलब्ध गराए । सोही अवसरको फाइदा उठाउँदै इन्जुरी समयको अन्तिम क्षणमा लिभरपुलका डार्विन नुनेजले गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण  तीन अंक दिलाएका थिए ।

प्रिमियर लिग तालिकाको पहिलो स्थानमा आसिन लिभरपुलले उक्त खेलमा इन्जुरी समयको नवौँ मिनेटमा गोलगरेको थियो । त्यसपछि रेफ्री पल टियर्नीमाथि पक्षपात गरेको आरोप लागेको थियो ।

इन्टरनेशनल फुटबल एसोसिएसन बोर्डको नियम अनुसार, खेल रोकिनुभन्दा अगाडि बल नटिङ्घम फरेष्टका खे लाडीको नियन्त्रणमा रहेकाले पुनः खेल सुरु हुँदा पनि रेफ्रीले बल नटिङ्घम फरेष्टलाई नै उपलब्ध गराउनु पर्ने थियो ।

खेल सकिएपछि नटिङ्घम फरेष्टका खेलाडी र प्रशिक्षकले रेफ्री पल टियर्नीलाई घेरेर विवाद पनि गरेका थिए । सोही कारणले प्रशिक्षक स्टिभन रेडलाई रातो कार्ड पनि देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप