मन्त्री निवास छाड्दै किरातीले भने, ‘पस्दा धेरै डर लागेको थियो, निस्कँदा खुसी छु’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै निवर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारी निवास छाडेका छन् । उनले मन्त्री निवासमा पस्दा आफूलाई डर लागेको तर निस्कँदा भने आफू खुसी रहेको जिकिर गरेका हुन् ।
उनले ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरेको बताएका छन् । आफूलाई सेवाको अवसर प्रदान गरेकोमा प्रधानमन्त्री प्रचण्ड, पार्टी, मतदातालगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूले सुरुवात गरेको कामलाई नयाँ मन्त्रीले निरन्तरता दिनेमा आशा व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सरकारले दिएको निवास छोडेर जाँदै छु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कँदा खुसी छु । मेरो आमाले भन्नुहुन्थ्यो ‘जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो’ ।
४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु हुने प्रधानमन्त्री "प्रचण्ड", मेरो पार्टी, मलाई मत दिनुहुने मतदाताहरू र संसारका कुना-कुना बाट मलाई सहयोग र सहानुभूति दिनुहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दछु । म र मेरो टिमले सकेको कोसिस गरेका छौँ । हामीले रोपेको बिरुवामा धेरै कोपिला लागेको छ, आउने मालीले फक्राउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
मैले यहाँ बस्दा मेरो बुबाको एक प्राण लिने मृत्यु मात्र देखिन मेरो राजनीतिक जीवनको हजार मृत्युहरू पटक पटक देखे र राजनीतिक मृत्युलाई मैले छल्न सके तर प्राण लिने मृत्युलाई बुबाले छल्नु सक्नु भएन । सत्य यो रहेछ कि भौतिक मृत्यु माथि अठोट र इमानले जित्न नसकिँदो रहेछ तर राजनीतिक मृत्युलाई अठोट र इमानले जित्न सकिँदो रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण