संघमा राजनीति समीकरण फेरिएपछि लुम्बिनीको शिखर सम्मेलन स्थगित
बुटवल । फागुन २८ र २९ गते लुम्बिनी प्रदेशमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सम्मेलन स्थगित गरेको हो ।
सम्मेलनको अधिकांश तयारी पूरा भएपछि स्थगित गरिएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय सचिव एवं अन्तर्राष्ट्रिय शिखर सम्मेलन सम्मेलनका संयोजक सुमन घिमिरेले संघमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गरिएको जानकारी दिए ।
सम्मेलनको लागि बुटवलमा कार्यालय स्थापना गरी करिब ३ महिनादेखि तयारी भइरहेको थियो ।
सम्मेलनका लागि निमन्त्रणा कार्ड, झोला, मञ्च व्यवस्थापनलगायतका काम भएको उनले बताए । उनले हालसम्म कति खर्च भयो भन्ने हिसाब गर्न बाँकी रहेको जानकारी दिए ।
सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण