२.२५ लिटर र १.५ लिटर कोका–कोला खरिद गर्दा २५० मिलिलिटर निःशुल्क
काठमाडौँ । कोका–कोलाले उपभोक्ताहरूको लागि विशेष क्याम्पेन ल्याएको छ । कोकाकोलाले घरमा खाना खाँदाको क्षणहरू विशेष र अविस्मरणीय बनाउने लक्ष्यसहित क्याम्पेन ल्याएको हो ।
कम्पनीले क्याम्पेनअन्तर्गत २.२५ लिटर र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा भएको बताइएको छ । जुन, धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ ।
कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एक रमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ । कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सधैँ आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ ।’
यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ । कोका–कोलाले सधैँ उपभोक्तासँगको सम्बन्ध बलियो बनाउनका लागि नयाँ–नयाँ क्याम्पेनहरु ल्याउँदै आइरहेको छ । यस अफरमार्फत उपभोक्ताहरूले कोका–कोला, फ्यान्टा र स्प्राइटको साथ खानाको आनन्द लिने कम्पनीले विश्वास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण