‘मेयर’मा जोडिइन् ऋचा
काठमाडौँ । अभिनेत्री ऋचा शर्मा फिल्म ‘मेयर’मा जोडिएकी छन् । मंगलबारदेखि उनी फिल्मसँग आबद्ध भएको निर्देशक दीपेन्द्र के खनालले बताए ।
यो वर्ष दीपक रौनियारको फिल्म ‘राजागञ्ज’ र रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’ पछि उनी ‘मेयर’मा आबद्ध भएकी हुन् ।
फिल्ममा उनको भूमिकाबारे खुलाइएको छैन । छायांकन सेटबाट प्राप्त तस्बिरमा भने ऋचालाई कालो रंगको कुर्था–सुरुवालमा देख्न सकिन्छ । जसले उनी स्थानीय युवतीको भूमिकामा देखिन लागेको संकेत गर्छ ।
ऋचाले निर्देशक खनालको फिल्म पहिलो पटक अभिनय गर्न लागेकी हुन् । ‘मेयर’को मुख्य अभिनेतामा खगेन्द्र लामिछाने र अभिनेत्रीमा वर्षा राउत छन् ।
फिल्म सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित रहेर निर्माण हुन थालेको हो । हरिहर शर्मा, अनुप बराल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, रवीन्द्र झा, दिव्यदेव, आशान्त शर्मा, सञ्जोग रसाइली लगायतको पनि अभिनय रहने फिल्म एक सातादेखि सर्लाहीको बागमतीमा छायांकन भइरहेको छ ।
फिल्मबाट मेयर थापाकी छोरी अर्विशा थापाले डेब्यू गर्दैछिन् । निर्देशक खनालकी छोरी श्रृष्टिमाँ खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्मका कार्यकारी निर्माता भने निर्देशक खनाल स्वयं हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण