गाजामा जोर्डनले सहयोग सामग्री ढुवानी बढायो

अम्मान । जोर्डन सशस्त्र बल–अरब सेनाले मङ्गलबार विभिन्न देशहरूसँगको सहकार्यमा द्वन्द्वग्रस्त गाजामा सहायता सामग्रीको ढुवानी बढाएको छ । उसले आठ वटा संयुक्त हवाई उडानमार्फत सहयोग सामग्री पुर्याएको छ ।
गाजापट्टीका बासिन्दाहरूलाई मानवीय सहायता पुर्याउने निरन्तर प्रयासको हिस्साका रूपमा रोयल जोर्डन एयर फोर्सका तीनवटा विमान, तीनवटा अमेरिकी विमान र एक–एक वटा इजिप्ट र फ्रान्सेली विमानद्वारा सहायता पुर्याइएको राज्यद्वारा सञ्चालित पेट्रा समाचार एजेन्सीले जनाएको छ ।
राहत र खाद्य सहायता सामग्री उत्तरी गाजाका थुप्रै स्थानहरूमा पुर्याइएको छ । विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको सामग्री पनि त्यसमा समावेश रहेको पेट्राले उल्लेख गरेको छ ।
यस कदमलाई द्वन्द्वग्रस्त गाजापट्टीका बढ्दो इजरायली आक्रमणका कारण खाद्यान्न र औषधिको गम्भीर अभावको पूर्ति गर्न, थप चिकित्सा, राहत र खाद्य सहायता पठाउने जोर्डनको जारी प्रयासको रूपमा लिइएको छ । –(रासस–सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
-
चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
-
पाकिस्तानी हवाई क्षेत्र छलेर प्रमुख हवाई सेवा कम्पनी जहाज उडाउँदै
-
बागमतीको बजेट अधिवेशन जेठ ५ गते बोलाउन सिफारिस
-
अन्तर्राष्ट्रिय वित्त निगमको नेपाल आवासीय प्रतिनिधिमा रत्निजा अरन्दरा नियुक्त
-
नेपाल लाइफले मनायो २४औँ वार्षिकोत्सव