बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पित्तथैलीको अपरेसन गर्न गएका पुरुषको अस्पतालले भ्यासेक्टोमी गरेपछि...

बुधबार, २३ फागुन २०८०, ०७ : ०४
बुधबार, २३ फागुन २०८०

ब्यूनोस आयर्स । अस्पतालमा कहिलेकाहीँ अचम्म अचम्मका घटना हुन्छन् । रोग एउटा हुन्छ उपचार अर्कै गरिन्छ, शल्यक्रिया समेत फरक पर्छ । अर्जेन्टिनामा पनि यस्तै भएको छ । एक जना युवक पित्तथैलीको शल्यक्रिया गर्न अस्पताल गएका थिए । तर डाक्टरहरूले ती पुरुषको भ्यासेक्टोमी गरेर पठाएका छन् । यो घटना गएको हप्ताको हो । ४१ वर्षका जोर्ज बसेतो कोर्दोबाको फ्लोरेन्सियो दियाज प्रोभिन्सियल हस्पिटलमा पित्तथैलीको अपरेसनका लागि गएका थिए ।

अपरेसन फेब्रुअरी मंगलबार फेब्रुअरी २८ मा हुने भनिएको थियो । तर केही परिस्थितिका लागि अपरेसन बुधबारका लागि सर्‍यो । अपरेसनको दिनमा अस्पतालका एक कर्मचारी बिरामीको कोठामा आए । उनलाई स्ट्रेचरमा राखे अनि एक शब्द नसोधी, बिरामीको चार्ट नै नहेरी उनलाई शल्यक्रिया गर्ने कोठामा लगे । डाक्टरले पनि बिरामीको चार्टमा छड्के नजर लगाउने कष्ट गरेनन् । सो दिन जुन शल्यक्रिया गर्ने शेड्यूल थियो त्यही गरे । अर्थात् पित्तथैलीको शल्यक्रिया गर्न गएका पुरुषको भ्यासेक्टोमी गरियो ।

जोर्जलाई होस आएपछि के भइरहेछ भन्ने पत्तो नै पाएनन् । एक जना डाक्टर उनलाई हेर्न आए । अनि उनलाई झट्का दिए । आफ्नो पित्तथैलीको अपरेसन नभएर भ्यासेक्टोमी भएको भनेर डाक्टरबाट उनले थाहा पाए । केही बेर त बिरामी अवाक भए । त्यसपछि उनी आत्तिन थाले । तर उनीसँग धेरै समय थिएन । उनको पित्तथैलीको शल्यक्रिया गरियो । कहाँ त्रुटी भयो अनि भ्यासेक्टोमी उल्ट्याउन के गर्नु पर्छ भनेर सोच्न लागे । एक अर्कालाई दोष लगाउन व्यस्त डाक्टरहरूले उल्टै जोर्जलाई बढी ‘ड्रामाटिक’ नहुन भनिरहेका थिए ।

‘बिरामीको चार्ट भरि नै पित्तथैलीको अपरेसन भनेर लेखिएको थियो । एक पटक नजर डुलाएको भए थाहा हुन्थ्यो । यति पत्ता लगाउन वैज्ञानिक हुनै पर्दैनथ्यो ।’ अर्जेन्टिनी समाचार संस्था एल डोसलाई जोर्जले भनेका छन् । कृत्रिम गर्भधारणबाट बच्चा जन्माउन सकिन्छ भन्दै उल्टै डाक्टरहरू बिरामीलाई नै कराइरहेका थिए । जाृेर्ज दुई बच्चाका पिता हुन् । भर्खरै उनको नयाँ सम्बन्ध गाँसिएको छ । नयाँ पार्टनरसँग भविष्यमा बच्चा जन्माउने योजनामा उनी थिए । यस मामिलामा डाक्टरहरूको लापरबाहीको तह देखेर अर्जेन्टिनाभर तरङ्ग उत्पन्न भएको छ । यस घटनामा जोर्जले डाक्टर र अस्पताललाई मुद्दा हाल्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप