कीर्तिमानी उच्च बिन्दु छोएर ओर्लियो बिट्क्वाइनको भाउ
काठमाडौँ । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ कीर्तिमानी नयाँ उचाइ छोएर ओर्लिएको छ । मंगलबारको कारोबारमा प्रतिगोटा बिट्क्वाइनको भाउ ६९ हजार २१० डलरसम्म पुगेको थियो । बिहानी कारोबारमा केही बेर नयाँ उचाइमा पुगेर बिट्क्वाइनको भाउ ओरालो लाग्न थालेको थियो ।
मध्याह्नसम्म आइपुग्दा भाउ ८ प्रतिशतले घटेर ६१ हजार ९७३ डलर ३७ सेन्टमा समेटियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बुधवार बिहान ११ः४३ मा क्वाइन डेस्कमा बिट्क्वाइनको भाउ अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा १ दशमलव १७ प्रतिशतले घटेर ६६ हजार ११२ डलर ७७ सेन्टमा आएको थियो । यो वर्षको अहिले सम्मको अवधिमा बिट्क्वाइनको भाउ ४५ प्रतिशतले बढिसकेको छ ।
लगानीकर्ताहरूले नाफा कमाउन लगानी बेच्न थाले भने भाउ तल झर्न थाल्छ भनेर लगानीकर्ताहरू सतर्क छन् । बजारमा १० देखि २० प्रतिशतसम्म करेक्सन आउन सक्ने क्रिप्टो विज्ञहरूले बताइरहेका छन् । पछिल्लो समय बिट्क्वाइनको भाउ यति छिटो छिटो बढिरहेको छ कि लगानीकर्ताहरू करेक्शनप्रति सतर्क देखिएका छन् । सन् २०२१ को नोभेम्बर १० मा बिट्क्वाइनको भाउले ६८ हजार ९८२ डलर २० सेन्टको कीर्तिमानी उचाइ छोएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण