स्याउ खेती लगाउने कार्यक्रमका लागि नेकपा महासचिव विप्लव जुम्लामा
बुधबार, २३ फागुन २०८०, १५ : ३६
काठमाडौँ । सामूहिक रूपमा स्याउ खेती लगाउने कार्यक्रमको उद्घाटन गर्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला प्रस्थान गरेका छन् ।
फाल्गुन २५ गते जुम्लाको हिमा गाउँपालिकामा सामूहिक स्याउ खेती उद्घाटन कार्यक्रमको उद्घाटनका लागी समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव जुम्ला प्रस्थान गरेको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।
नेपाल कम्युनिस्ट पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने केन्द्रीय नीति अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामूहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ । विप्लवको उपस्थितिमा १० हजार हाराहारीमा स्याउका बिरुवा रोप्ने कार्यक्रम रहेको छ भने २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण