सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याउ खेती लगाउने कार्यक्रमका लागि नेकपा महासचिव विप्लव जुम्लामा

बुधबार, २३ फागुन २०८०, १५ : ३६
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । सामूहिक रूपमा स्याउ खेती लगाउने कार्यक्रमको उद्घाटन गर्न  नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला प्रस्थान गरेका छन् ।

फाल्गुन २५ गते जुम्लाको हिमा गाउँपालिकामा सामूहिक स्याउ खेती उद्घाटन कार्यक्रमको  उद्घाटनका लागी समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव जुम्ला प्रस्थान गरेको नेकपाका केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए । 

 नेपाल कम्युनिस्ट पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने केन्द्रीय नीति अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ हाणुल्यमा सामूहिक स्याउ रोप्ने कार्यक्रम रहेको छ । विप्लवको उपस्थितिमा १० हजार हाराहारीमा स्याउका बिरुवा रोप्ने कार्यक्रम रहेको छ भने २७ गते कालिकोटको फाई महादेवमा पनि स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप