अष्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान
मेलबर्न । अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।
आसियान र अष्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफूहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दिगो युद्धविरामका लागि आग्रह गरेका हुन् ।
सबै नागरिक तथा नागरिकहरूको प्रगतिका लागि पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै युद्धले गर्दा गाजामा खाना, पानी र अन्य आधारभूत आवश्यकतामा पहुँचसहित मानवीय सङ्कट अझै बल्झिँदै गएको उनीहरूले मेलबर्न घोषणामा उल्लेख गरेका छन् ।
यसैगरी, उनीहरूले समुद्रमार्फत सीमा पार क्षमता बढाउन आवश्यक पर्ने सबैलाई द्रुत, सुरक्षित, निर्बाध र दिगो मानवीय पहुँचका लागि आह्वानसमेत गरेका छन् । –(रासस / सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण