आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलिया र आसियानद्वारा गाजा युद्धविरामको आह्वान

बुधबार, २३ फागुन २०८०, १७ : ४०
बुधबार, २३ फागुन २०८०

मेलबर्न । अष्ट्रेलियाका नेताहरू र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्यहरूले मेलबर्नमा आयोजित विशेष शिखर सम्मेलनपछि बुधबार गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।

आसियान र अष्ट्रेलियाले विशेष शिखर सम्मेलनको अन्त्यका लागि जारी विज्ञप्तिमा नेताहरूले गाजाको गम्भीर मानवीय अवस्थाबारे आफूहरूको साझा चिन्ता व्यक्त गर्दै तत्काल दिगो युद्धविरामका लागि आग्रह गरेका हुन् । 

सबै नागरिक तथा नागरिकहरूको प्रगतिका लागि पूर्वाधारमाथिको आक्रमणको निन्दा गर्दै युद्धले गर्दा गाजामा खाना, पानी र अन्य आधारभूत आवश्यकतामा पहुँचसहित मानवीय सङ्कट अझै बल्झिँदै गएको उनीहरूले मेलबर्न घोषणामा उल्लेख गरेका छन् । 

यसैगरी, उनीहरूले समुद्रमार्फत सीमा पार क्षमता बढाउन आवश्यक पर्ने सबैलाई द्रुत, सुरक्षित, निर्बाध र दिगो मानवीय पहुँचका लागि आह्वानसमेत गरेका छन् । –(रासस / सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप