पक्राउ परेका मिटरब्याज पीडितहरूलाई रिहा गर्दै प्रहरी
काठमाडौँ । पक्राउ परेका मिटरब्याज पीडितहरूलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । बालुवाटार घेराउ गर्न पुगेका २० जना मिटर ब्याज पीडितहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरूलाई अहिलेसम्म रिहा गरेको छैन । दिउँसो पक्राउ परेका साथीहरूलाई प्रहरीले अहिलेसम्म नछाडेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्गराज जैशीले बताए ।
प्रहरीले समिति अध्यक्ष अवधेश कुश्वाहसहितका २० जनालाई बालुवाटारको निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै पक्राउ गरेको थियो । पक्राउ परेकालाई जिम्मा जमानीमा छाड्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र बहादुर खत्रीले बताए ।
उनीहरुको रिहाइको माग गर्दै पीडितहरूले बालुवाटारको निषेधित क्षेत्र नजिकै धर्ना दिइरहेका छन् ।
मिटरब्याज पीडितहरू गत माघ १६ गतेदेखि विभिन्न ६ बुँदे माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरूसँग सरकारले पाँच पटक वार्ता गरिसकेको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उनीहरूले आफ्ना समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
-
चितवनमा कृष्णसार स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण