८ वर्षका लागि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने भएको हो ।
२०८० फागुन ३० गतेदेखि जारी भएर २०८८ फागुन ३० गने परिपक्व हुने विकास ऋणपत्रका लागि केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले फागुन २९ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको बोलकबोल सोही दिन हुने बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै समूहमा भाग लिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार प्रतिस्पर्धी प्रणालीमा कूल ऋणपत्र निष्काशनको ८५ प्रतिशत अर्थात ६ अर्ब ८० करोड रुपैयाँ छुट्टाइएको छ भने अप्रतिस्पर्धी बोलकबोलमा १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ ।
बोलवालले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर कटअफ ब्याजदर कायम गरी ऋणपत्रको ब्याजदर कायम गरिनेछ । ऋणपत्र खरिदकर्तालाई अर्धवार्षिक अर्थात् ६-६ महिनामा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण