शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

८ वर्षका लागि ८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

बिहीबार, २४ फागुन २०८०, १० : ४८
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । सरकारले आगामी ८ वर्षका लागि विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘झ’ मार्फत केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने भएको हो । 

२०८० फागुन ३० गतेदेखि जारी भएर २०८८ फागुन ३० गने परिपक्व हुने विकास ऋणपत्रका लागि केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले फागुन २९ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको बोलकबोल सोही दिन हुने बैंकले जनाएको छ । 

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुवै समूहमा भाग लिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार प्रतिस्पर्धी प्रणालीमा कूल ऋणपत्र निष्काशनको ८५ प्रतिशत अर्थात ६ अर्ब ८० करोड रुपैयाँ छुट्टाइएको छ भने अप्रतिस्पर्धी बोलकबोलमा १५ प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ छुट्टाइएको छ । 

बोलवालले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा मिलाएर कटअफ ब्याजदर कायम गरी ऋणपत्रको ब्याजदर कायम गरिनेछ । ऋणपत्र खरिदकर्तालाई अर्धवार्षिक अर्थात् ६-६ महिनामा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप