आफूलाई लता मंगेशकरसँग तुलना गर्दै कंगानाले गरिन् अम्बानीको समारोहमा नाच्ने कलाकारको आलोचना
मुम्बई । अर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ समारोहमा नदेखेका केही बलिउड सेलिब्रेटीहरू मध्येकी एक हुन् अभिनेत्री कंगना रनौट। अब सामाजिक सञ्जाल मार्फत उनले अम्बानीको पार्टीमा प्रस्तुति दिने उद्योगका सहकर्मीहरूको खिल्ली उडाएकी छन्।
यति मात्र होइन, आफूलाई लता मंगेशकरसँग तुलना गर्दै कंगनाले लताजीजस्तै आफूले पनि कुनै पनि निजी कार्यक्रममा प्रस्तुति दिने प्रस्ताव स्वीकार नगरेको बताइन् । कंगनाले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्टोरी सेयर गरेकी छिन् । त्यसमा उनले एउटा लेखको तस्बिर सेयर गरेकी छिन् । त्यहाँ लेखिएको छ– लता मंगेशकरले आफूलाई कसैले ५० लाख डलर दिए पनि बिहेमा नगाउने बताएकी थिइन् ।
यो सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘मैले आफ्नो जीवनमा धेरै आर्थिक सङ्कटको सामना गरेको छु तर लताजी र म मात्र दुई व्यक्ति हौँ जसको गीत सबैभन्दा धेरै हिट भयो । जति पैसाको प्रलोभनमा परे पनि मैले बिहेमा कहिले नाचिनँ, धेरै सुपरहिट आइटम गीतको अफर पनि आए तर मैले नाचिनँ । म अवार्ड शोबाट पनि टाढा भएँ।’
उनले थपिन्, ‘प्रसिद्धि र पैसालाई होइन भन्नको लागि बलियो व्यक्तित्व र मर्यादा चाहिन्छ। सर्टकटको संसारमा, इमानदारिताबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा आजका युवाहरूले बुझ्न जरुरी छ ।’ कंगनाले आफ्नो पोस्टमा कसैको नाम नलिँदा पनि जामनगरमा अनन्त र राधिकाको प्रि–वेडिङ समारोहमा प्रस्तुति दिने सबै सेलेब्रिटीको आलोचना गरिन्। १ देखि ३ मार्चसम्म चलेको यो कार्यक्रममा शाहरुख, सलमान र आमिर खानलगायत बलिउडका धेरै ठुला सेलेब्रिटीले स्टेज परफर्मेन्स दिएका थिए ।
यता कंगना आगामी फिल्म ‘इमर्जेन्सी’ मा काम गर्दैछिन् । यसमा उनी मुख्य भूमिकामा देखिनेछिन् । उनले आफैं चलचित्रको निर्देशन पनि गरेकी छिन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण