अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला
बिहीबार, २४ फागुन २०८०, २० : ४८
लश्कर गाह । अफगानिस्तानको 'काउन्टर टेरोरिज्म' प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
बरामद गरिएका हतियारहरूमा ७ थान एकेएम असल्ट राइफल, ६ थान युएस मेड एम १६ असल्ट राइफल, ९ थान पेस्तोल, केही मेसिनगन र ठूलो परिमाणमा गोलाबारुद रहेका छन् ।
विगत एक हप्तामा प्रान्तीय राजधानी लश्कर गाह र छिमेकी ग्रिष्क र नाद अली जिल्लाहरूमा गरिएको शृङ्खलाबद्ध कारबाहीका क्रममा हतियार र गोलाबारुद फेला पारिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी नेतृत्वको सेना फिर्ता लिएपछि सन् २०२१ को अगस्टमा कब्जा गरेको अफगानिस्तानको विद्रोहीले देशभर ठूलो मात्रामा हतियार बरामद गरेको छ । - (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण