युरोपा लिगमा लिभरपुलको शानदार जित
काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ । विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक एक गोल गरेका थिए । स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता कम गरेको थियो ।
छैटौं मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए । उनैले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुल ३–० ले अघि बढेको थियो ।
४६ औँ मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाती गोल गरेपछि स्पार्ताले अन्तर ३–१ मा झारेको थियो । ५३ औँ मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोसजलाईले गोल गरेपछि लिभरपुल अन्ततः ५–१ को जितका साथ पहिलो लेगमा विजयी भयो । दोस्रो लेग मार्च १५ तारिखमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण