नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन सकेको छैन : सभापति देउवा
शुक्रबार, २५ फागुन २०८०, ०८ : ०५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिलामाथि हुने हिंसाबाट मुक्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपाली महिलाहरू अहिले पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको बताए ।
‘नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसा घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरूमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्,’ उनले भनेका छन्, ‘महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरूक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’
उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरूमा महिलाहरूको योगदान र नेतृत्व रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण