अस्ट्रेलिया–न्युजिल्यान्ड दोस्रो टेस्ट : पहिलो दिन नै खस्यो १४ विकेट
काठमाडौँ । अस्ट्रेलिया र न्युजिल्यान्डबिचको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन शुक्रबार दुबै टोलीको गरी कुल १४ विकेट खसेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले आफ्नो पहिलो पालीमा एक सय ६२ रनमात्र बनाउन सक्यो ।
क्राइस्टचर्चमा जारी उक्त टेस्टमा न्युजिल्यान्डका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । किविज टोलीका लागि ओपनर ब्याट्सम्यान टम लाथमले सर्वाधिक ३८ रन बनाए । न्युजिल्यान्डका दुई खेलाडी केन विलियम्सन र टिम साउथीका लागि यो एक सयौँ टेस्ट हो ।
आफ्नो एक सयौँ टेस्टमा विलियम्सन १७ रन बनाउँदै आउट भए । कप्तानको भूमिकामा रहेका साउथीले भने २६ रन बनाए । यसका अतिरिक्त टम ब्लनडलले २२ रन जोडे । तल्लो क्रममा ब्याट्सम्यान म्याट हेनरी पनि २९ रन बटुले ।
न्युजिल्यान्डको सम्पूर्ण टोली पहिलो पालीमा केवल ४५.२ ओभरमा अलआउट भएको थियो । भ्रमणकारी टोली अस्ट्रेलियाका बलर जस हेजलउडले पाँच विकेट लिए । उनले १३.२ ओभरमा चार मेडन राख्दै केवल ३१ रन खर्चिए । मिचेल स्टार्कले तीन तथा प्याट कमिन्स र क्यामरुन ग्रिनले एक–एक विकेट हात पारे ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले पनि पहिलो दिनको खेल सकिँदासम्म केवल एक सय २४ रनमा चार विकेट गुमाइसकेको छ । अस्ट्रेलियाका मार्नस लाम्बुसेन अविजित ४५ र नाथन लियोन अविजित एक रन बनाउँदै क्रिजमा छन् । ओपनर स्टिभन स्मिथ ११ र उसमान ख्वाजा १६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । क्यामरुन ग्रिन पनि २५ रनभन्दा अगाडि बढ्न सकेनन् ।
ट्राभिस हेड २१ रन बनाउँदै आउट भए । न्युजिल्यान्डका बलर म्याट हेनरीले तीन र बेन सियर्सले एक विकेट लिए । दुई टेस्टको शृंखलामा अस्ट्रेलिया १–० ले अगाडि छ । पहिलो टेस्टमा अस्ट्रेलिया एक सय ७२ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण