डा.तोसिमा कार्कीसहितका स्वास्थ्यकर्मीले गरे मिटर ब्याज पीडितको स्वास्थ्य परीक्षण
काठमाडौँ । काठमाडौँमा आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्हरू डा.तोसिमा कार्की, डा.चन्दा कार्की लगायतका स्वास्थ्यकर्मीको टोलीले पीडितहरूको स्वास्थ्य परीक्षण गरेको हो ।
उनीहरू बस्दै आएको भृकुटीमण्डपमा नै स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य सहायता प्रदान गरिएको हो । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत गत माघ १६ गतेदेखि मिटर ब्याजविरुद्ध न्याय मार्चसहित काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका हुन् । लामो समयदेखि काठमाडौँमा बसेर आन्दोलन गरिरहँदा कतिपय पीडितहरूको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीहरूले परीक्षण गराएका हुन् ।
पीडितहरू र सरकारबिच वार्ता समेत भइरहेको छ । तर, अहिलेसम्मको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । उनीहरूसँग वार्ता गर्न गृह मन्त्रालयले फागुन १३ गते सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो । पीडितहरूको तर्फबाट समितिका अध्यक्ष अवधेश कुश्वाहको संयोजकत्वमा ९ सदस्यीय वार्ता समिति गठन गरिएको छ ।
दुवै टोलीबिच फागुन १३ गतेदेखि वार्ता भइरहेको छ । तर, वार्ता निष्कर्षमा पुग्न सकेको छैन । पीडितहरूले आफ्ना समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठनको माग गर्दै आएका छन् । सरकारी वार्ता टोलीले उक्त मागप्रति असहमति जनाउँदै आएको छ । जसले गर्दा वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण