बेलायतमा पनि मनाइयो महाशिवरात्रि पर्व, राजदूत आचार्य र रेनु दाहालले गरे शिवको पूजा (तस्बिरहरू)

लन्डन । महाशिवरात्रि पर्व बेलायतमा पनि विधिपूर्वक पूजा, आराधना गरी मनाइएको छ । बेलायतवासी नेपालीहरूको पहलमा अल्डरटस्थित शिव कल्चरल सेन्टर र लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अवसर पारेर शुक्रबार भक्तजनहरूको घुइँचो लागेको थियो । सोहि अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पती र हाल बेलायत भ्रमणमा रहेकी चितवन जिल्ला भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पनि अल्डरसटको शिव कल्चरल सेन्टरमा शिवको पूजा आराधना गरेका छन् । मेयर दाहाल एक अवार्ड ग्रहण गर्ने सिलसिलामा बेलायत आएकी हुन् ।
शिव कल्चरल सेन्टरका अध्यक्ष विक्रम भट्टराईले भक्तजनहरूलाई भजन कीर्तन र दर्शन गर्न दिनभर मन्दिर खुला राखिएको र सयौंको संख्यामा भक्तजनहरूले पूजा आराधना गरेको बताए । सयौंको संख्यामा भक्तजनहरूको उपस्थिति रहेको भट्टराईले बताए । उक्त मन्दिर रहेको स्थान अल्डरसटमा नेपालीहरूको बाक्लो बस्ती रहेको छ ।
यसैगरी लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि भक्तजनहरूको बिहानैदेखि घुइँचो लागेको थियो । भजन कीर्तन र पूजा आराधनाका लागि दिनभरिन मन्दिर खुला गरिएको मन्दिरका पण्डित ज्योतिषी निलहरि घिमिरेले बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालका अनुसार करिब एक हजारको संख्यामा भक्तजनहरूको सहभागिता रह्यो । भक्तजनहरूले दूध, फलफूल तथा पैसा चढाएर पूजा आराधना गरेका थिए ।
नेपाली कला संस्कृति र परम्परा जगेर्ना गर्न अन्य मुलुकहरूको तुलनामा बेलायत अग्र पङ्क्तिमा पर्ने गर्दछ । यहाँ आयोजना हुने कार्यक्रमहरूमा हरेक जातजातिका आ(आफ्ना मौलिक संस्कृतिहरू देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा