नेकपालाई चन्दामुक्त पार्टी बनाउँछौँ : विप्लव

जुम्ला । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा शुक्रवारदेखि स्याउ खेती कार्यक्रमको थालनी गरेका छन् । स्याउ रोपणको उद्घाटनसँगै सम्बोधन गर्दै महासचिव विप्लवले ३ वर्ष भित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ, विचलन देखिएको छ, यसलाई चिर्न नेकपाले नवौँ महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’
नेकपा तराईमा धान, तोरी तरकारी, पहाडमा फलफूल र हिमालमा फलफूल तथा जडीबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपा मात्र नभएर हामी सबैको योजना हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जित्नै पर्ने दबाबबिच नेपाल आज बहराइनसँग भिड्दै
-
‘विपरीत सिद्धान्तका दलहरू मिल्नु राजनीति होइन, विकृति हो’
-
खोटाङमा रास्वपाका पालिका सभापति एमालेमा, भट्टराईले गरे स्वागत
-
‘दोस्रो पटक सरकारमा जानु भुल थियो, तर नियत गलत थिएन’
-
रुपन्देहीबाट हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
-
‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’