नेकपालाई चन्दामुक्त पार्टी बनाउँछौँ : विप्लव
जुम्ला । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले जुम्लाको चन्दननाथ २ हाडुल्लेमा शुक्रवारदेखि स्याउ खेती कार्यक्रमको थालनी गरेका छन् । स्याउ रोपणको उद्घाटनसँगै सम्बोधन गर्दै महासचिव विप्लवले ३ वर्ष भित्र पार्टीलाई चन्दामुक्त पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव विप्लवले भने ‘क्रान्ति गर्नु मात्र ठुलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौ, आज क्रान्तिप्रति वितृष्ण छ, विचलन देखिएको छ, यसलाई चिर्न नेकपाले नवौँ महाधिवेशनबाट आत्मनिर्भर अर्थतन्त्रको नीति अगाडि बढाएको छ ।’
नेकपा तराईमा धान, तोरी तरकारी, पहाडमा फलफूल र हिमालमा फलफूल तथा जडीबुटी उत्पादन अभियानमा रहेको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
कार्यक्रममा सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले विप्लवले जुम्लामा स्याउ लगाउने योजना बनाएर आत्मनिर्भर अर्थतन्त्रको कुरा उठाउनु सकारात्मक भएको भन्दै यो नेकपा मात्र नभएर हामी सबैको योजना हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण