पदाधिकारी
राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष उम्मेदवारबारे कांग्रेसले थाल्यो छलफल
शनिबार, २६ फागुन २०८०, ११ : २४
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल थालेको छ । शनिबार विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल भएको हो ।
आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पार्टीले उम्मेदवार उठाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘छलफलमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनुपर्छ भन्ने कुरा उठेको छ । यसका लागि अन्य दलसँग पनि छलफल खुला राखेका छौँ ।’ अन्य दलसँग छलफलपिछ राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने महतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण