बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
पदाधिकारी

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष उम्मेदवारबारे कांग्रेसले थाल्यो छलफल

शनिबार, २६ फागुन २०८०, ११ : २४
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल थालेको छ । शनिबार विहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल भएको हो ।

आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पार्टीले उम्मेदवार उठाउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘छलफलमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनुपर्छ भन्ने कुरा उठेको छ । यसका लागि अन्य दलसँग पनि छलफल खुला राखेका छौँ ।’ अन्य दलसँग छलफलपिछ  राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउने महतको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप