७ सय टेस्ट विकेट लिने पहिलो फास्ट बलर बने एन्डरसन
धर्मशाला । इंग्ल्यान्डका जेम्स एन्डरसन टेस्ट क्रिकेटमा ७ सय विकेट लिने पहिलो तीव्र गतिका बलरमा बनेका छन् । ४१ वर्षीय बलरले धर्मशालामा जारी भारतविरुद्धको पाँचौँ टेस्टमा कुल्दीप यादवलाई शिकार बनाउँदै यो कोशेढुंगामा पुगेका हुन् । एन्डरसन टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा धेरै विकेट लिने बलरहरूको सूचीमा तेस्रो स्थानमा रहेका छन् । उनीभन्दा अघि श्रीलंकाका मुथैया मुरलीथरन (८ सय विकेट) र अस्ट्रेलियाका शेन वार्न (७०८ विकेट) रहेका छन् ।
एन्डरसनले १८७ खेलमा २६.५२ को औसतले ७ सय विकेट लिन सफल भएका छन् । यसमध्ये ४३४ विकेट उनले घरेलु मैदानमा २६६ विकेट विदेशी मैदानमा लिएका छन् । उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध लर्डसमा टेस्ट डेब्यू गरेका थिए । उनले तेस्रो ओभरमा मार्क भर्मुलेनलाई आफ्नो शिकार बनेका थिए ।
आफ्नो २२ वर्षी करियरमा उनले तीनपटक एक वर्षमा ५० भन्दा बढी विकेट लिएका छन् । सन् २०१०, २०१३ र २०१७ मा उनले यो आँकडा पार गर्न सफल भए । उनले सबैभन्दा बढी सन् २०१० मा ५७ विकेट लिएका थिए ।
उनीभन्दापछि अर्का तीव्र गतिका बलरमा स्टुअर्ट बोर्ड रहेका छन् । बोर्डले १६७ खेलमा ६०४ विकेट लिएका छन् । यसअघि तीव्र गतिका बलरहरूमध्ये टेस्टमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान अस्ट्रेलियाका ग्लेन म्याग्राथको नाममा थियो । उनले ५६३ विकेट लिएका थिए । एन्डरसनले सो कीर्तिमान सन् २०१८ मा तोडेका थिए । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण