सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लागु औषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

शनिबार, २६ फागुन २०८०, १७ : ०१
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । देश विभिन्न स्थानबाट लागु औषधसहित ६ जना पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय दिनेश पुन समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-९ बाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ भानुचोक बस्ने २९ वर्षीय भरत चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

उता झापाको बुद्धशान्ति गाउँपालिका-४ टीमाईबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय टेकेन्द्र लिम्बु समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप