देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । रूपन्देहीको देवदह नगरपालिका-१० चरङ्गे रम्भादेवी टोलस्थित चरङ्गे खोलामा सोही ठाउँ बस्ने ६१ वर्षीय केशव सिंह गाहा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी कालिकोटको तिलागुफा नगरपालिका-१ मालिका सामुदायिक वनमा सोही ठाउँ बस्ने ४३ वर्षीय गोरे बोगटी शनिबार मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका-७ झाङगा टोल बस्ने धन बहादुर कार्कीको घरमा विगत १२ वर्षदेखि काम गर्दै आएका सोही गाउँपालिका-८ डाँगिबारी बस्ने ६८ वर्षीय तेज बहादुर माझी घर नजिक रहेको गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यता धादिङको गंगाजमुना गाउँपालिका-७ अधेरीखोलास्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने कास्की घर भएका २९ वर्षीय सोम पौडेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण