शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

शनिबार, २६ फागुन २०८०, १७ : १३
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा  ४ जना मृत फेला परेका छन् । रूपन्देहीको देवदह नगरपालिका-१० चरङ्गे रम्भादेवी टोलस्थित चरङ्गे खोलामा सोही ठाउँ बस्ने ६१ वर्षीय केशव सिंह गाहा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी कालिकोटको तिलागुफा नगरपालिका-१ मालिका सामुदायिक वनमा सोही ठाउँ बस्ने ४३ वर्षीय गोरे बोगटी शनिबार मृत अवस्थामा फेला परेका छन् । झापाको झापा गाउँपालिका-७ झाङगा टोल बस्ने धन बहादुर कार्कीको घरमा विगत १२ वर्षदेखि काम गर्दै आएका सोही गाउँपालिका-८ डाँगिबारी बस्ने ६८ वर्षीय तेज बहादुर माझी घर नजिक रहेको गोठमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यता धादिङको गंगाजमुना गाउँपालिका-७ अधेरीखोलास्थित गोरेटो बाटोमा सोही ठाउँ बस्ने कास्की घर भएका २९ वर्षीय सोम पौडेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप