पेनाल्टीको मद्दतले युनाइटेडको हारको शृङ्खला अन्त्य
शनिबार, २६ फागुन २०८०, २० : ५२
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले लगातार दुई खेलमा हारको शृङ्खला अन्त्य गर्दै एभर्टनलाई पराजित गरेको छ । युनाइटेड आफ्नो घरेलु मैदानमा २–० गोलले विजयी बनेको हो ।
युनाइटेडले दुवै गोल पहिलो हाफमा पेनाल्टीमार्फत गरेको थियो । अलेहान्द्रो ग्रानाचोलाई फल हानेपछि खेलको १२ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा रासफोर्डले पेनाल्टीबाट दोस्रो गोल गरे ।
खेलमा विपक्षीको पोस्टमा २० पटक प्रहार गरे पनि एभर्टनले गोल फर्काउन सकेन । दोस्रो हाफमा कुनै टोलीले गोल नगरेपछि खेल युनाइटेडले आफ्नो पक्षमा पार्न सफल भयो । जीतपछि २८ खेलबाट ४७ अङ्क बटुल्दै युनाइटेड प्रिमियर लिगको छैटौँ स्थानमा रहेको छ । एभर्टनले २५ अङ्कसहित रेलिगेसन जोनभन्दा २ स्थानमाथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण