एडल्ट स्टार सोफिया लियोनीको मृत्यु
लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । २६ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । अभिनेत्रीको परिवारले फोन सम्पर्क गर्न खोज्दा कुनै जवाफ नआएपछि उनको सोधी खोजी गर्ने क्रममा अपार्टमेन्टमै मृत भेटिएको बताइएको छ ।
निधनको पुष्टि सोफियाका सौतेनी पिता माइक रोमेरोले गरेको छन् । मृत्यु कसरी भयो भन्नेबारे छानबिन चलिरहेको बताइएको छ । सोफियाले १८ वर्षको उमेरमा वयस्क मनोरञ्जन उद्योगमा काम गर्न थालेकी थिइन् ।
सोफिया गएको हप्ता सामाजिक सञ्जालमा सक्रिय थिइन् । उनले केही पोस्टहरू गरेको थिइन् । स्थानीय प्रहरीले उनको मृत्युको कारणबारे खोजबिन गरिरहेको बताइएको छ । यस अघि ३६ वर्षिया अभिनेत्री काग्नी लिले आत्महत्या गरेकी थिइन् । जनवरीमा जेसी जेन प्रेमी ब्रेट हसनमुलरसँगै मृत अवस्थामा भेटिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण