बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एडल्ट स्टार सोफिया लियोनीको मृत्यु

आइतबार, २७ फागुन २०८०, १० : ५५
आइतबार, २७ फागुन २०८०

लस एन्जलस । अमेरिकी एडल्ट फिल्म स्टार सोफिया लियोनीको मृत्यु भएको छ । २६ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक हप्ता अघि नै अपार्टमेन्टमा उनी मृत भेटिएको भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । अभिनेत्रीको परिवारले फोन सम्पर्क गर्न खोज्दा कुनै जवाफ नआएपछि उनको सोधी खोजी गर्ने क्रममा अपार्टमेन्टमै मृत भेटिएको बताइएको छ ।

निधनको पुष्टि सोफियाका सौतेनी पिता माइक रोमेरोले गरेको छन् । मृत्यु कसरी भयो भन्नेबारे छानबिन चलिरहेको बताइएको छ । सोफियाले १८ वर्षको उमेरमा वयस्क मनोरञ्जन उद्योगमा काम गर्न थालेकी थिइन् । 

सोफिया गएको हप्ता सामाजिक सञ्जालमा सक्रिय थिइन् । उनले केही पोस्टहरू गरेको थिइन् ।  स्थानीय प्रहरीले उनको मृत्युको कारणबारे खोजबिन गरिरहेको बताइएको छ । यस अघि ३६ वर्षिया अभिनेत्री काग्नी लिले आत्महत्या गरेकी थिइन् । जनवरीमा जेसी जेन प्रेमी ब्रेट हसनमुलरसँगै मृत अवस्थामा भेटिएकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप