गुगलमा अब एकैचोटी दुई मोबाइल एप डाउनलोड गर्न पाइने
काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि खुसीको खबर छ । एन्ड्रोइड प्रयोगकर्ताहरूलाई यसअघि एकैसाथ दुई ओटा एप डाउनलोड गर्न समस्या भइरहेको थियो । तर गुगलले अहिले यो समस्या हटाएको छ । अब प्रयोगकर्ताले एकै पटक दुई वटा एप डाउनलोड गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले अब एकैसाथ धेरै ओटा एप अपडेट गर्न पनि सक्नेछन् ।
अहिलेसम्म गुगल प्ले स्टोरमा एकभन्दा बढी एप डाउनलोड वा अपडेट गर्दा एउटा मात्र एप डाउनलोड वा अपडेट हुने र बाँकी पेन्डिङमा बस्ने गरेको थियो । तर अब त्यस्तो हुने छैन । अब तपाईंले डाउनलोड वा अपडेटका लागि छान्नु भएका सबै एप एकै साथमा डाउनलोड र अपडेट हुनेछन् ।
गुगलले अहिले यो फिचरको परीक्षण गरिरहेको छ । यो फिचरलाई सार्वजनिक गरिन्छ नै भन्ने सुनिश्चित भने नभएको बताइएको छ । परीक्षण सकिएपछि यो फिचर गायब हुन पनि सक्नेछ । नयाँ सुविधा गुगल प्ले स्टोर संस्करण नम्बर ४०.०.१३ मा देख्न सकिनेछ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले अपडेट अलको विकल्प पाउनेछन् । यो विकल्प म्योनज एप्स र डिभाइस सेक्सनमा पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण