गुगलमा अब एकैचोटी दुई मोबाइल एप डाउनलोड गर्न पाइने

काठमाडौँ । एन्ड्रोइड प्रयोगकर्ताका लागि खुसीको खबर छ । एन्ड्रोइड प्रयोगकर्ताहरूलाई यसअघि एकैसाथ दुई ओटा एप डाउनलोड गर्न समस्या भइरहेको थियो । तर गुगलले अहिले यो समस्या हटाएको छ । अब प्रयोगकर्ताले एकै पटक दुई वटा एप डाउनलोड गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले अब एकैसाथ धेरै ओटा एप अपडेट गर्न पनि सक्नेछन् ।
अहिलेसम्म गुगल प्ले स्टोरमा एकभन्दा बढी एप डाउनलोड वा अपडेट गर्दा एउटा मात्र एप डाउनलोड वा अपडेट हुने र बाँकी पेन्डिङमा बस्ने गरेको थियो । तर अब त्यस्तो हुने छैन । अब तपाईंले डाउनलोड वा अपडेटका लागि छान्नु भएका सबै एप एकै साथमा डाउनलोड र अपडेट हुनेछन् ।
गुगलले अहिले यो फिचरको परीक्षण गरिरहेको छ । यो फिचरलाई सार्वजनिक गरिन्छ नै भन्ने सुनिश्चित भने नभएको बताइएको छ । परीक्षण सकिएपछि यो फिचर गायब हुन पनि सक्नेछ । नयाँ सुविधा गुगल प्ले स्टोर संस्करण नम्बर ४०.०.१३ मा देख्न सकिनेछ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले अपडेट अलको विकल्प पाउनेछन् । यो विकल्प म्योनज एप्स र डिभाइस सेक्सनमा पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स