सभा हल र शौचालय निर्माणमा झन्डै १३ लाख अनियमितता, १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिकामा सभा हल र शौचालय निर्माणमा १२ लाख ८९ हजार तीन सय २० रुपैयाँ अनियमितता भएको पाइएको छ । भ्रष्टाचार भएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले लामो अनुसन्धानपछि मिश्र, गाउँपालिकाको तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोध कुमार चापागाईँ, तत्कालीन सबइन्जिनियर सृजना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष महेश्वर काफ्ले, ४ नम्बर वडाका अध्यक्ष होम बहादुर श्रेष्ठ र गाउँपालिकाको ३ नम्बर वडाका वर्तमान वडाध्यक्ष राम प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
गाउँपालिकाको ३ नम्बर वडास्थित जफे जामुनेमा सभा हल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामाग्रीमा वडाध्यक्षले बेचेर आफै खर्च गरेको आरोप अभियोग छ ।
उनीहरूले सरकारलाई गैरकानूनी हानि पु-याउने बदनियतले उक्त योजनाको लागत अनुमान अनुसार जम्मा १२ वटा पिलर रहेकोमा २ वटा पिलरको साइज फरक पारेका थिए । उपभोक्ता समितिलाई भुक्तानी दिँदा समेत फिल्डमा काम गरेको भन्दा गलत प्रतिवेदन दिएको पाइएको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूलाई कारबाहीको मागदावी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण