आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकी सरकारलाई एमालेको चेतावनी : दीर्घकालीन असर पर्ने निर्णय नगर्नू

आइतबार, २७ फागुन २०८०, १८ : ३४
आइतबार, २७ फागुन २०८०

पोखरा । गण्डकी प्रदेश सरकारलाई एमालेले दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकले सरकार अल्पमतमा रहेकोले दीर्घकालसम्म असर पर्ने निर्णय नगर्न सुझाएको हो । 

`गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भएको अवस्थामा दीर्घकालिन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न र साथै त्यस्ता कुनैपनि काम कारवाही अगाडि नबढाउन सरकारलाई सचेत गराउँछ,´ निर्णयमा भनिएको छ । यस्तै, नयाँ सरकार गठनका लागि स्वभाविक वातावरण खोज्ने निर्णय एमालेले गरेको छ । 

`सत्ता सहकार्यमा फागुन २१ गतेबाट आएको बदलावको असर गण्डकी प्रदेश सरकारको सत्ता सहकार्यमा पनि परेको छ,´ एमालेले भनेको छ, `यस्तो अवस्थामा गण्डकी प्रदेशमा सरकार निर्माणको प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण निर्माण गर्न सबैलाई आह्वान गर्दछ ।´ बैठकले दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्नका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिएको प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप