गण्डकी सरकारलाई एमालेको चेतावनी : दीर्घकालीन असर पर्ने निर्णय नगर्नू
पोखरा । गण्डकी प्रदेश सरकारलाई एमालेले दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएको छ । आइतबार बसेको संसदीय दलको बैठकले सरकार अल्पमतमा रहेकोले दीर्घकालसम्म असर पर्ने निर्णय नगर्न सुझाएको हो ।
`गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भएको अवस्थामा दीर्घकालिन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न र साथै त्यस्ता कुनैपनि काम कारवाही अगाडि नबढाउन सरकारलाई सचेत गराउँछ,´ निर्णयमा भनिएको छ । यस्तै, नयाँ सरकार गठनका लागि स्वभाविक वातावरण खोज्ने निर्णय एमालेले गरेको छ ।
`सत्ता सहकार्यमा फागुन २१ गतेबाट आएको बदलावको असर गण्डकी प्रदेश सरकारको सत्ता सहकार्यमा पनि परेको छ,´ एमालेले भनेको छ, `यस्तो अवस्थामा गण्डकी प्रदेशमा सरकार निर्माणको प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण निर्माण गर्न सबैलाई आह्वान गर्दछ ।´ बैठकले दलको तर्फबाट आवश्यक संवाद र समन्वय गर्नका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिएको प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण