श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिएर तलब बुझ्ने अदालतका रजिष्ट्रार भ्रष्टाचारी ठहर
काठमाडौँ । स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरको नियुक्ति दिई तलब बुझ्ने उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले आइतबार कटवाललाई भ्रष्टाचारी ठहर गर्दै कैद सजायसमेत सुनाएको हो ।
आइतबार विशेष अदालतका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र राम बहादुर थापाको इजलासले रकम हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा कटवाललाई दोषी ठहर गरेको हो । कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना तथा ९ महिना कैद सजाय हुनेसमेत फैसला गरेको छ ।
सार्वजनिक सम्पत्तिको हिनामिना गरेको कसुरमा अख्तियारले २०७९ भदौ १६ गते उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
- के गरेका थिए कटवालले ?
उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालले आर्थिक वर्ष २०७८/०७९ मा स्थायी शिक्षिका रहेकी आफ्नै श्रीमतीलाई कम्प्युटर अपरेटरका रूपमा राखेको कागजी नियुक्ति तयार पारी तलब निकासा गराएका थिए । त्यसै गरी हुँदै नभएको काम भएको भनी खर्च देखाएको, भर्चुअल अनुगमन गरेको जिल्लामा अनुगमनमा गएको भनी बिल तयार पारी रकम बुझेको, विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल तयार पारेको र नक्कली सम्झौता गरेको लगायतको कसुरमा मुद्दा दायर भएको थियो ।
स्थायी शिक्षिका रहेकी उनकी पत्नीको नाममा कर्मचारी भनी कम्प्युटर अपरेटरको नाम राखे पनि उनको पत्नीले कहिल्यै काम गरिनन् । बरु कर्मचारी भन्दै पत्नीको नाममा नियुक्ति दिई आफैँले तलब बुझ्ने गरेको पाइएको थियो ।
त्यस्तै रजिष्ट्रार कटवालले बिग्रेर थन्किएर बसेको सवारीसाधनसमेत मर्मत गरेको भनी व्यवसायीसँग बिल लिएर भुक्तानी लिएको पाइएको थियो । त्यस्तै भ्रमण गरेको भनी मिति सच्याएर किर्ते गरी रकम भुक्तानी लिएको लगायतको आरोप रजिष्ट्रार कटवालमाथि लगाइएको थियो ।
सोही मुद्दामा विशेष अदालतले कटवाललाई दोषी ठहर गर्दै ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिवाना र ९ महिना कैद सजायको फैसला सुनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण