बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
लघुवित्त पीडितले जलाए पुरातात्त्विक महत्त्वको काठ (तस्बिरहरू)

लघुवित्त पीडितले जलाए पुरातात्त्विक महत्त्वको काठ (तस्बिरहरू)

आइतबार, २७ फागुन २०८०
  • मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । काठमाडौँको टेकु दोभानदेखि थापाथलीसम्म रहेका पुरातात्त्विक महत्वका काठ जलाइएको छ । काठमाडौँ महानगरपालिकाको वडा ११ र १२ मा निर्माणाधीन २८ वटा सत्तल, मन्दिर आदिका पुरातात्त्विक काठहरू लघुवित्त पीडितहरूले जलाएका हुन् । 

फागुन ५ गते देशभरका लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौँ आइपुगेका थिए । उनीहरूलाई तीनकुने राखिने भनिए पनि जिल्ला प्रशासन कार्यालयले गौशालास्थित सिफलमा राखिएकोले शिवरात्रिमा सिफलबाट थापाथली स्थित कालमोचन घाटमा सारिएको थियो । 

गुठी संस्थान अन्तर्गत पर्ने उक्त क्षेत्र भूकम्पले भत्काए पछि एकीकृत अधिकार सम्पन्न बाग्मती सभ्यता अभियान मार्फत एसियाली विकास बैकको ऋणबाट निर्माणाधीन छ । उक्त स्थानमा रहेका २८ मन्दिर सत्तल तथा घाटमा पुन निर्माणमा भत्काइएका मन्दिरका संरचनाबाट निकालिएको महत्त्वपूर्ण काठहरू थुपारिएको थियो । यसरी सम्पदा क्षेत्रमा अनधिकृत रूपमा बसेका छन् । तर सिडिओ र गुठी संस्थान भने मौन देखिन्छ ।

NepalPhotoLibrary-02NepalPhotoLibrary-03NepalPhotoLibrary-04NepalPhotoLibrary-05NepalPhotoLibrary-06NepalPhotoLibrary-07NepalPhotoLibrary-08NepalPhotoLibrary-09NepalPhotoLibrary-10NepalPhotoLibrary-11NepalPhotoLibrary-12NepalPhotoLibrary-13NepalPhotoLibrary-14NepalPhotoLibrary-15NepalPhotoLibrary-16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया