भारतमा मोबाइल फोनको उत्पादन २१ गुणाले बढ्यो
नयाँ दिल्ली । भारतमा मोबाइल फोनको उत्पादन बढेको छ । गएको १० वर्षमा मोबाइल फोनको उत्पादन २१ गुणाले बढेको हो । विदेशी कम्पनीहरू भित्र्याएर स्थानीय उत्पादन बढाउने सरकारी नीतिका कारण उत्पादन बढेको हो । स्थानीय स्तरमा माग हुने झन्डै ९७ प्रतिशत मोबाइल भारतमै बन्न थालेको इन्डियन सेलुलर एन्ड इलेकट्रोनिक्स एशोसियशन (आईसीईए)ले एउटा विज्ञप्तिमा भनेको छ ।
आथिक वर्ष २०२४ मा कूल उत्पादित मध्ये ३० प्रतिशत फोन निर्यात हुनेछन् । आव २०१४–१५ मा भारतमा १ खर्ब ८९ अर्ब भारु बराबरको फोन उत्पादन भएको थियो । आव २०२४ मा यो बढेर ४१ खर्ब भारुमा उक्लिएको छ । उक्त वर्ष भारतबाट १५ अर्ब ५६ करोड भारुको मात्रै मोबाइल फोन निर्यात भएको थियो । आव २०२४ मा यो बढेर १२ खर्ब भारुमा उक्लिएको छ ।
अर्थात् एक दशकको अवधिमा भारतको मोबाइल निर्यात ७ हजार ५०० प्रतिशतले बढेको छ । मोबाइल फोन उत्पादन बढाउन एप्पल र सामसङले महत्वपूर्ण भूमिका खेलेका छन् । पछिल्लो समय भारतमा बनेका फोनहरु बेलायत, नेदरल्यान्ड, अष्ट्रिया र इटलीबाहेक मध्य पूर्व र उत्तर अमेरिका र दक्षिण अमेरिकी बजारमा पनि निर्यात भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण