बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा मोबाइल फोनको उत्पादन २१ गुणाले बढ्यो

आइतबार, २७ फागुन २०८०, २२ : ४७
आइतबार, २७ फागुन २०८०

नयाँ दिल्ली । भारतमा मोबाइल फोनको उत्पादन बढेको छ । गएको १० वर्षमा मोबाइल फोनको उत्पादन २१ गुणाले बढेको हो । विदेशी कम्पनीहरू भित्र्याएर स्थानीय उत्पादन बढाउने सरकारी नीतिका कारण उत्पादन बढेको हो । स्थानीय स्तरमा माग हुने झन्डै ९७ प्रतिशत मोबाइल भारतमै बन्न थालेको इन्डियन सेलुलर एन्ड इलेकट्रोनिक्स एशोसियशन (आईसीईए)ले एउटा विज्ञप्तिमा भनेको छ ।

आथिक वर्ष २०२४ मा कूल उत्पादित मध्ये ३० प्रतिशत फोन निर्यात हुनेछन् । आव २०१४–१५ मा भारतमा १ खर्ब ८९ अर्ब भारु बराबरको फोन उत्पादन भएको थियो । आव २०२४ मा यो बढेर ४१ खर्ब भारुमा उक्लिएको छ । उक्त वर्ष भारतबाट १५ अर्ब ५६ करोड भारुको मात्रै मोबाइल फोन निर्यात भएको थियो । आव २०२४ मा यो बढेर १२ खर्ब भारुमा उक्लिएको छ ।

अर्थात् एक दशकको अवधिमा भारतको मोबाइल निर्यात ७ हजार ५०० प्रतिशतले बढेको छ । मोबाइल फोन उत्पादन बढाउन एप्पल र सामसङले महत्वपूर्ण भूमिका खेलेका छन् । पछिल्लो समय भारतमा बनेका फोनहरु बेलायत, नेदरल्यान्ड, अष्ट्रिया र इटलीबाहेक मध्य पूर्व र उत्तर अमेरिका र दक्षिण अमेरिकी बजारमा पनि निर्यात भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप