ओस्कार अवार्ड : किलियन उत्कृष्ट अभिनेता, नोलन उत्कृष्ट निर्देशक
लस एन्जलिस । यस वर्षको ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लस एन्जलिसको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, किलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे ।
यो फिल्म आवणिक बमका आविस्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ । किलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् । किलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् । ‘ओपेनहाइमर’ ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको थियो ।
यस्तै, फिल्म ‘पुअर थिङ्स’का लागि एम्मा स्टोनले ‘बेस्ट एक्ट्रिस’को अवार्ड जित्दा ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘कष्ट्युम डिजाइन’, ‘मेकअप एण्ड हेयर स्टाइलिङ’को अवार्ड पनि सोही फिल्मले पोल्टामा पार्यो ।
सन् २०२३ मा सर्वाधिक ग्रस गरेको फिल्म ‘बार्बी’को गीत ‘ह्वाट ह्वाज आइ मेड फर ?’का लागि बिली एलिसले ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्डमा चित्त बुझाए । यो फिल्म आठ विधाको मनोनयनमा परेको थियो ।
फिल्म ‘होल्डओभर्स’का लागि द–भाइन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्ड जितिन् । फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ले ‘बेस्ट साउण्ड’ र ‘बेस्ट इन्टरनेसनल फिचर’को अवार्ड चुम्यो ।
‘ट्वान्टी डेज इन मौरिपल’ले ‘बेस्ट डकुमेन्ट्री फिचर’ जित्दा ‘एन्टोमी अफ ए फल’ ले ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’, ‘अमेरिकन फिक्सन’ले ‘बेस्ट एडेप्टेड स्क्रिनप्ले’, जापानी फेन्टासी फिल्म ‘द ब्वाइ एण्ड द हिरोन’ले ‘बेस्ट एनिमेटेड फिचर फिल्म’, ‘गोडजिला मिनस वन’ले ‘बेस्ट भिजुअल इफेक्ट्स’, ‘वार इज ओभर ! इन्स्पायरर्ड बाइ द म्युजिक अफ जोन एण्ड योको’ले ‘बेस्ट एनिमेटेड सर्ट’, ‘द लास्ट रिपेयर सप’ले ‘बेस्ट डकुमेन्ट्री सर्ट’ र ‘द वन्डरफूल स्टोरी अफ हेनरी सुगर’ले ‘बेस्ट लाइभ एक्सन सर्ट’को अवार्ड जित्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण